भारतले नेपालका लागि कोटा तोकेर चामल निर्यात खोल्यो

नेपालले ९५ हजार टन चामल आयात गर्न पाउने

 कात्तिक १, २०८० बुधबार १४:३५:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – भारतले नेपालका लागि कोटा तोकेर चामालको निर्यात खुला गरेको छ । भारतको वाणिज्य विभागले निकालेको सूचनामा नेपालका लागि ९५ हजार टन चामल निर्यातको अनुमति दिइएको उल्लेख छ ।

यो चामलको निर्यात भारतको राष्ट्रिय सहकारी निर्यात लिमिटेडमार्फत हुनेछ । भारतले गएको साउनको पहिलो हप्ता बासमती बाहेकका चामलको निर्यातलाई रोक लगाएको थियो । भारतले आफ्नो स्थानीय बजारमा मूल्यवृद्धि रोक्न भन्दै निर्यातमा प्रतिबन्ध लगाउँदा नेपालमा चामलको भाउ बढेको थियो । नेपाल सरकारले एक लाख टन चामल आयातको अनुमति दिन माग गर्दै भारत सरकारलाई पत्र लेखेको थियो ।

भारतले नेपालसहित क्यामरुन, आइभरी कोस्ट, मलेसिया, फिलिपिन्स, गिनी र सेशेल्सका लागि कोटा तोकेर चामल निर्यात खुला गरेको हो ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया