गुल्मीमा डोजरको ठक्करबाट वृद्धको ज्यान गयो

 कात्तिक २, २०८० बिहिबार ९:११:२१ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गुल्मीमा डोजरको ठक्करबाट वृद्धको ज्यान गएको छ । ज्यान जानेमा गुल्मीको रेसुङ्गा नगरपालिका १४ का ९२ वर्षीय कृष्ण बहादुर सुनार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । लु १ क ५०२४ नम्बरको डोजरले पैदल यात्रु सुनारलाई अचानक ठक्कर दिएको थियो ।

रेसुङ्गा नगरपालिका १४ अन्तर्गत टारनेटा‐टापु जोड्ने मोटरबाटो मर्मत गर्ने क्रममा डोजरको ठक्करबाट सुनारको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्ली नारायण पाण्डेले जानकारी दिनु भएको छ ।

प्रहरीले डोजर चालक पाल्पा माथागगडी गाउँपालिका ७ का कृष्ण बहादुर लामिछानेलाई नियन्त्रणमा लिएको छ । सुनारको शवलाई सदरमुकाम तम्घास ल्याइ गुल्मी अस्पतालको शव गृहमा राखिएको र घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया