भारतको गुजरातमा गरबा नृत्यकाे क्रममा हृदयघात हुँदा १० जनाको ज्यान गयो

 कात्तिक ६, २०८० सोमबार १७:१७:५८ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

भारतको पश्चिमी राज्य गुजरातमा गरबा नृत्य कार्यक्रमका क्रममा हृदयघातका कारण १० जनाको ज्यान गएको छ ।

नवरात्रीको अष्टमीको राति गरबा नृत्य हुने गर्दछ । नृत्यकै क्रममा १० जनाको हृदयघातका कारण ज्यान गएको एनडीटीभी हिन्दीले जनाएको छ । मृतकहरू किशोर अवस्थादेखि मध्यम उमेरका व्यक्तिहरू छन् जसमा सबैभन्दा कम उमेरका एक १३ वर्षका किशोर रहेका छन् । २४ घण्टामा पाँच सय वटा एम्बुलेन्स बोलाउनुपरेको खबरमा उल्लेख छ ।

सरकारले गरबा नृत्य कार्यक्रममा 'अलर्ट' जारी गरेको छ र आयोजकलाई मानिसहरू अस्वस्थ भएमा अस्पतालमा लैजान एम्बुलेन्स उपलब्धतको सुनिश्चित गर्न भनेको छ । गरबाको परम्परागत गुजराती नृत्य नवरात्रि उत्सवको प्रमुख विशेषताहरू मध्ये एक हो, यो नृत्य नौ रातसम्म मनाइन्छ । गुजरात सरकारले सार्वजनिक अस्पताल र सामुदायिक स्वास्थ्य केन्द्रहरूलाई उच्च सतर्कतामा रहन सल्लाह दिएको छ ।

डाक्टरहरूले भक्तजनलाई केही समय नाचेपछि आराम गर्न र पुनः नाचलाई निरन्तरता दिन आग्रह गरेका छन् ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया