बुबाकाे सम्झनामा वृद्धवृद्धालाई सम्मान

 कात्तिक ११, २०८० शनिबार १७:१३:४८ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – बुबाकाे सम्झनामा गुल्मीमा छोराहरूले वृद्धवृद्धालाई सम्मान गरेका छन् । धुर्कोट गाउँपालिका–६ का स्व. बासबहादुर जिसीको सम्झनामा छोराहरू डा. विष्णुबहादुर जिसी, नेपाली सेनाका सहायक रथी कृष्णबहादुर जिसी र दानबहादुर जिसीले वृद्धवृद्धालाई सम्मान गरेका हुन् ।

जिसी परिवारले धुर्कोट गाउँपालिकाका ८० वर्षमाथिका वृद्धवृद्धालाई पालिकामा एक कार्यक्रमको आयोजना गरी सम्मान गरेकाे हाे । गाउँपालिकाको सभाहलमा गाउँपालिकाभित्रका ७० भन्दा बढी वृद्धवृद्धालाई खादासहित सम्मान पत्र र फलफूल वितरण गरिएको थियो ।

त्यही कार्यक्रमकै बासबहादुर जिसीको सम्झनामा लिखित ‘संस्मरण सङ्गालो’ नामक पुस्तक गाउँपालिका तथा विभिन्न विद्यालयलाई हस्तान्तरण गरिएको थियो । त्याे पुस्तक गएकाे असोज २८ गते काठमाण्डाैकाे सभागृहमा साहित्यकारद्वय शशि पन्थी र सूर्यबहादुर सेनले विमोचन गर्नुभएको थियो ।

धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले जिसी परिवारले वृद्धवृद्धालाई गरेको सम्मानले उहाँहरूमा थप प्रेरणा र हौसला थपिएको बताउनुभयो । उहाँले धनभन्दा पनि मन ठूलो बनाएर गरिने यस्ता प्रकारका सामाजिक कार्यले सबैलाई प्रेरित गर्ने बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया