विश्व कप क्रिकेटमा भारतले इङ्ल्यान्डलाई एक सय रनले हरायो

 कात्तिक १३, २०८० सोमबार ६:१३:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले इङ्ल्यान्डलाई एक सय रनले हराएको छ । गएराति लखनउमा सकिएको खेलमा भारतले दिएको २३० रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड ३४ ओभर ५ बलमा १२९ रन बनाएर अलआउट भयो ।

इङ्ल्यान्डका लागि लियम लिभिङ्गस्टोनले सर्वाधिकर २७ रन जोडे ।  त्यस्तै, डेविड विलीले र डेविड मलानले समान १६/१६ रन बनाए भने मोइन अलीले १५ तथा जोनी बेरिस्टोले १४ रन  जोडे  । भारतका लागि मोहम्मद शामीले चार विकेट लिए भने जस्प्रित बुमराहले तीन विकेट लिए  ।

यस्तै, कुलदीप यादवले दुई र रविन्द्र जडेजाले एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २२९ रन बनाएको थियो । भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ८७ रनको अर्धशतकीय पारी खेले । सूर्यकुमार यादवले ४९, केएल राहुल ३९ र जस्प्रित बुमराहले १६ रन बनाए ।

इङ्ल्यान्डका डेविड विलीले तीन विकेट लिए । त्यस्तै, क्रिस वोक्स र आदिल राशिदले समान दुई/दुई विकेट लिँदा मार्क उडले एक विकेट लिए । जितसँगै भारतले १२ अङ्क जोडेको छ । अहिलेसम्मका खेलमा अपराजित रहेको भारत ६ खेलमा १२ अङ्क जोड्दै शीर्ष स्थानमा छ । १० अङ्क जोडेको दक्षिण अफ्रिका दोस्रो स्थानमा छ । इङ्ल्यान्ड ६ खेलमा २ अङ्क जोडेर पुछारमा छ ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया