गुल्मीमा विषालु च्याउ खाँदा तीन जना बिरामी

 कात्तिक १४, २०८० मंगलबार ९:५:९ | जनार्दन घिमिरे
unn.prixa.net

फाइल तस्बिर

गुल्मी - विषालु च्याउ खाँदा गुल्मीमा तीन जना बिरामी परेका छन् ।

च्याउ खाएर ईस्मा गाउँपालिका-६ बुल्मका ३९ वर्षीया सरिता कुमाल, ११ वर्षीय विमल कुमाल र आठ वर्षीया सुस्मा कुमाल बिरामी परेका हुन् । 

तीनै जनाको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) डिल्लीनारायण पाण्डेले जानकारी दिनुभएकोछ ।

हिजाे घर नजिकै खेतमा उम्रिएको च्याउ खाँदा उनीहरु बिरामी परेका सरिता कुमालका श्रीमान् वृषबहादुर कुमालले बताउनु भयो । 
 

अन्तिम अपडेट: बैशाख १५, २०८१

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया