भारतमा ट्रक र माेटरसाइकल ठाेकिँदा एकै परिवारका ५ जना नेपालीकाे ज्यान गयाे

 कात्तिक १७, २०८० शुक्रबार १७:५०:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – भारतमा गाडी दुर्घटनामा परेर एकै परिवारका पाँच जना नेपालीको ज्यान गएको छ ।

कर्नाटक राज्यअन्तर्गत गुलबर्गा जिल्लाको तलका भन्ने ठाउँमा ट्रक र मोटरसाइकल ठोकिएर भएको दुर्घटनामा परि सुर्खेतका एकै परिवारका पाँच जनाको ज्यान गएको हो । सुर्खेतको चौकुने गाउँपालिका–७ अमलाटाकुराका रतन नेवार, उहाँकी श्रीमती अस्मिता, पाँच वर्षीय छोरा मिलन, दुई वर्षका छोरा धड्कन र बुहारी (भाइकी श्रीमती) सुस्मिता नेवारको ज्यान गएको गाउँपालिकाका अध्यक्ष खड्क विकले जानकारी दिनुभयो ।

नेवार परिवार रोजगारीको सिलसिलामा भारत पुगेका थिए । उनीहरूको उतै अन्त्येष्टि गर्ने तयारी भइरहेको गाँउपालिका अध्यक्ष विकले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया