बाघकाे आक्रमणबाट बर्दियामा महिलाकाे ज्यान गयाे

 कात्तिक १७, २०८० शुक्रबार १९:२४:३२ | भावुक योगी
unn.prixa.net

फाइल तस्बिर

बर्दिया – पाटे बाघको आक्रमणबाट बर्दियाकाे मधुवन नगरपालिकामा एक महिलाको ज्यान गएको छ । 

आज शुक्रवार दिउँसो २ बजेतिर बाख्रा चराउन चिरौटे सामुदायिक वनमा जानु भएकी मधुवन–५ कि २८ वर्षीया गायत्री डाँगीको पाटे बाघको आक्रमणबाट ज्यान गएको वडाध्यक्ष दिलिप गुरुङले जानकारी दिनुभयो ।

महिलाको शव सामुदायिक वनभित्र भेटिएलगत्तै पोस्टमार्टमका लागि गुलरिया लगिएको सब डिभिजन वन कार्यालय सानोश्रीका सहायक वन अधिकृत सन्तोष चौधरीले जानकारी दिनुभयो ।

नेपाल–भारत सिमानामा पर्ने तथा भारतकाे कतर्नियाघाट वन्यजन्तु आरक्ष र नेपालकाे बर्दिया निकुञ्जका वन्यजन्तु ओहोरदोहोर गर्ने मुख्य मार्ग खाता जैविक मार्ग क्षेत्रमा पर्ने मधुवन नगरपालिका क्षेत्र आसपासका सामुदायिक वनमा पाटे बाघ आक्रमणका घटना बढ्दै जाँदा मानवीय क्षति बढेकाे छ । झन्डै चार वर्षको अवधिमा बर्दियामा ३० जनाले बाघकाे आक्रमणबाट ज्यान गुमाएका छन् । बर्दियामा मानव र बाघबीच द्वन्द्व बढ्दै गएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया