विश्व कपमा आज सेमिफाइनल पुगिसकेका भारत र दक्षिण अफ्रिका खेल्दै

 कात्तिक १९, २०८० आइतबार ८:४८:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतमा चलिरहेको एकदिवसीय विश्वकप क्रिकेटमा आज भारत र दक्षिण अफ्रिका खेल्दैछन् । कोलकाताको इडन गार्डेन रङ्गशालामा हुने खेल दिउँसो साव दुई बजे शुरु हुने छ ।

समान सात खेल खेलेका भारत र दक्षिण अप्रिका दुवै जारी विश्वकपको सेमिफाइनलमा पुगिसकेका छन् । भारत सात खेलमै अपराजित रहँदै १४ अङ्ककासाथ सेमिफाइनलमा पुगेको हो भने हिजो भएको खेलमा पाकिस्तानले न्युजिल्यान्डलाई हराएपछि दक्षिण अफ्रिका दुई खेल अगावै सेमिफाइनल खेल्ने पक्का भएको हो ।

दक्षिण अफ्रिका ७ खेलमा ६ मा जित र १ मा हारसहित १२ अङ्कका साथ दोस्रो स्थानमा छ । दक्षिण अफ्रिका सन् २०१५ को विश्वकपपछि पहिलो पटक सेमिफाइनलमा पुगेको हो । अहिलेसम्ममा दक्षिण अफ्रिका पाँचौँ पटक सेमिफाइनलमा पुगेको छ । तर अहिलेसम्म फाइनल भने खेलेको छैन । अब विश्वकपमा सेमिफाइनलमा पुग्ने दुई वटा टोलीका लागि ६ टोलीबीच प्रतिस्पर्धा हुनेछ । इङ्ल्यान्ड र बङ्लादेश भने लिगबाट  बाहिरिएका छन् । 

अस्ट्रेलिया ७ खेलमा ५ मा जित र २ मा हारसहित १० अङ्कका साथ तेस्रो स्थानमा छ ।अस्ट्रेलियाले अब दुई खेल खेल्न बाँकी छ । अफगानिस्तान र बङ्लादेशसँग हुने खेलमा एउटा मात्रै जिते पनि अस्ट्रेलिया सेमिफाइनलमा पुग्छ । न्युजिल्यान्ड ८ खेलमा ४ मा जित र ४ मा हारसहित चौथो स्थानमा छ ।

न्युजिल्यान्डले आफ्नो अन्तिम खेलमा श्रीलङ्कालाई हराएर अरु टोलीको नतिजा पनि आफू अनुकूल आएमा सेमिफाइनल पुग्ने सम्भावना बाँकी छ । पाकिस्तान ८ खेलमा ४ मा जित र ४ मा हारसहित पाँचौँ स्थानमा छ । अन्तिम खेलमा इङ्ल्यान्डलाई फराकिलो अन्तरले पराजित गरेमा पाकिस्तान सेमिफाइनलमा पुग्छ ।

न्युजिल्यान्ड श्रीलङ्कासँग हारेमा पाकिस्तानलाई नेटरनरेटको आवश्यकता पर्दैन । अफगानिस्तान ७ खेलमा ४ मा जित र ३ मा हारसहित ८ अङ्कका साथ छैटौँ स्थानमा छ । अस्ट्रेलिया र दक्षिण अफ्रिकासँग हुने बाँकी दुवै खेल जितेमा अफगानिस्तान सेमिफाइनलमा पुग्न सक्छ ।

सेमिफाइनलमा शीर्षस्थानमा रहने टोलीले चौथो स्थानमा रहनेसँग खेल्नेछ । दोस्रो सेमिफाइनलमा दोस्रो र तेस्रो स्थानका टोलीबीच सेमिफाइनल खेल हुनेछ । पहिलो सेमिफाइनल नोभेम्बर १५ र दोस्रो नोभेम्बर १६ मा हुनेछ । फाइनल खेल नोभेम्बर १९ मा हुनेछ । 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया