गुल्मीको मुसिकोटमा प्रथम मेयर कप भलिबल प्रतियोगिता शुरु

 कात्तिक २३, २०८० बिहिबार ७:४९:२२ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी - गुल्मीको मुसिकोट नगरपालिकामा प्रथम मेयरकप अन्तरपालिका भलिबल प्रतियोगिता शुरु भएको छ । मुसिकोट नगरपालिकाको आयोजनामा वडा नं ४ अन्तर्गत ग्वादीकाचौरमा याे  प्रतियोगिता शुरु भएको हो ।  

प्रतियोगितामा दश टाेलीको सहभागिता रहेको छ । बुधवारदेखि शुरु भएको प्रतियोगिताको पहिलो खेल मुसिकोट नगरपालिका र रेसुङ्गा नगरपालिकाबीच भएको थियो । दुई पालिकाबीच भएको खेलमा मुसिकोट नगरपालिकाले शून्यका विरुद्ध दुई सेटको अन्तरले रेसुङ्गालाई पराजित गरी दोश्रो चरणमा प्रवेश गरेको छ ।  

प्रतियोगितामा बिहीवारको पहिलो खेल बाग्लुङकाे निसिखोला गाउँपालिका र तमानखोला गाउँपालिकाबीच सञ्चालन हुने नगर खेलकुद विकास समितिका अध्यक्ष सन्दीप खत्रीले जानकारी दिनुभएको छ । प्रतियोगिताको उद्घाटन कार्यक्रममा कलाकारहरु उज्ज्वल गिरी, विष्णु श्रीपालीलगायतका कलाकारहरुकको प्रस्तुति समेत रहेको थियो ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया