नवलपुरको देवचुलीमा जीप दुर्घटना हुँदा ६ जनाको ज्यान गयो

 कात्तिक २६, २०८० आइतबार १२:४६:४१ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुलीमा जीप दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ ।

आज बिहान साढे एघार बजेको समयमा जिल्लाको पहाडीक्षेत्र बौदिकाली गाउँपालिकाबाट दलदलेका लागि छुटेको लु १ ज ३२७० नम्बरको जीप देवचुली नगरपालिका–९ को गोरेघुम्तीमा दुर्घटना हुँदा छ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताउनुभयो । दुर्घटनामा एक जना घाइते भएको तथा जीपमा सात जना चढेको पनि उहाँले बताउनुभयो ।

जीप अनियन्त्रित भएर घरको भित्तामा ठोक्किन पुगेको प्रहरी नायब उपरीक्षक पौडेलले बताउनुभयो । घटनाको थप विवरण आउन र मृतकको परिचय खुल्न बाँकी रहेको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया