बर्दियामा जरायोको ४० किलो सुकुटी र दुई थान भरुवा बन्दुकसहित चार जना पक्राउ

 कात्तिक २६, २०८० आइतबार १५:२२:१६ | भावुक योगी
unn.prixa.net

बर्दिया - बर्दियामा जरायाेकाे ४० किलाे सुकुटी र दुई थान भरुवा बन्दुकसहित चार जना पक्राउ परेका छन् । 

बर्दिया राष्ट्रिय निकुञ्जकाे सुरक्षार्थ खटिएको नेपाली सेना र निकुञ्जको संयुक्त गस्ती टोलीले बराहताल गाउँपालिका-१ तेलपानीबाट उनीहरुलाई पक्राउ गरेकाे हाे । पक्राउ पर्नेमा सुर्खेत बराहताल गाउँपालिका-१, तेलपानीका गमन वली, श्यामबहादुर वली, चन्द्र बहादुर वली र दिलबहादुर वली रहेका छन् ।

निकुञ्जका सहायक प्रमुख संरक्षण अधिकृत बद्रि विनोद दाहालले उनीहरुलाई गाेप्य सूचनाकाे आधारमा घरबाटै पक्राउ गरिएको जानकारी दिनुभयाे ।  उनीहरुलाई एक वर्ष कैद, एक लाख रुपैयाँ जरिबाना वा दुवै सजाय हुने कानुनी प्रावधान रहेको निकुञ्ज प्रशासनले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया