नवलपरासी जीप दुर्घटना अपडेट : मृतकको सङ्ख्या सात पुग्यो

 कात्तिक २६, २०८० आइतबार १६:४७:५८ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी - नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–९ मा भएकाे जीप दुर्घटनामा ज्यान गुमाउनेकाे सङ्ख्या सात पुगेकाे छ । दुर्घटनामा गम्भीर घाइते भएका मध्यबिन्दु नगरपालिका–२ का चिरन अर्यालको उपचारका क्रममा ज्यान गएकाे हाे । 

गम्भीर घाइते अर्यालको उपचारका क्रममा चितवनमा रहेकाे पुरानो मेडिकल कलेजमा ज्यान गएकाे नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो । योसँगै दुर्घटनामा परि ज्यान जानेको सङ्ख्या सात पुगेको हाे ।

बौदिकाली गाउँपालिकाबाट दलदलेका लागि छुटेको लु १ ज ३२७० नम्बरको जीप देवचुली नगरपालिका–९ को गोरेघुम्तीमा दुर्घटना भएकाे हाे । 

दुर्घटनामा तीन जना महिला र तीन जना पुरुषको घटनास्थलमै ज्यान गएकाे हाे । घटनास्थलमै ज्यान गुमाएका ६ जनामध्ये अहिलेसम्म पाँच जनाको परिचय खुलेको प्रहरी नायब उपरीक्षक पौडेलले जानकारी दिनुभयो।

दुर्घटनामा ज्यान गुमाउनेमा जीप चालक बौदीकाली–६ माझडाँडाका २६ वर्षीय बहादुर आले मगर, त्यही ठाउँका ५५ वर्षीय टेकमान वानटक्की मगर, ५२ वर्षीया कुमारी राना र ४५ वर्षीया कमला वानटक्की मगर तथा बुलिङटार गाउँपालिका–४ चुलिबोझाकी १२ वर्षीया करिष्मा ठाडा रहेका छन् । मृतक एक जनाको अझै परिचय खुल्न सकेको छैन । जीप अनियन्त्रित भइ सडक छेउको घरमा ठोक्किएको थियो ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया