विश्व कप क्रिकेटमा भारतले नेदरल्यान्ड्सलाई दियो ४ सय ११ रनको लक्ष्य

 कात्तिक २६, २०८० आइतबार १८:७:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी एकदिवसीय विश्व कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा भारतले नेदरल्यान्ड्सलाई ४ सय ११ रनको लक्ष्य दिएको छ ।

बेङ्ग्लोरमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ४ सय १० रन बनाएको हाे ।

भारतका श्रेयस ऐर १ सय २८ रनमा नटआउट रहे । केएल राहुलले १ सय २ रन बनाए । चौथो विकेटका लागि राहुल र ऐरले २ सय ८ रनको साझेदारी गरे । नेदरल्यान्ड्सका बास डी लिडले २ विकेट लिए । रोलेफ भान मर्वे र पल भान मार्केनले समान एक/एक विकेट लिए ।

भारत अपराजित रहँदै १६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । नेदरल्यान्ड्स चार अङ्कका साथ पुछारमा छ ।

विश्व कप क्रिकेटको सेमिफाइनल समीकरण यसअघि नै पूरा भएको छ । घरेलु टोली भारत, दक्षिण अफ्रिका, अस्ट्रेलिया र न्युजिल्यान्ड अन्तिम चारमा पुगेका छन् । पहिलो सेमिफाइनलको खेल नोभेम्बर १५ तारिखमा वाङखडेमा र दोस्रो सेमिफाइनलको खेल इडेन गार्डेन स्टेडियममा नोभेम्बर १६ तारिखमा हुनेछ । 

 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया