दिल्लीमा वायु प्रदूषण फेरि बढ्यो, दिवालीमा पटका पड्काउँदा अवस्था झन् खराब बन्दै

 कात्तिक २८, २०८० मंगलबार ७:४९:३० | एजेन्सी
unn.prixa.net

भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषण पुनः बढेर मानव स्वास्थ्यका लागि खतरनाक अवस्थामा पुगेको छ ।

विश्व स्वास्थ्य सङ्गठनले वायु प्रदूषण मापन सूचक एक्यूआई चार सयभन्दा माथि जाँदा मानव स्वास्थ्यका लागि खतरनाक हुने उल्लेख गरेको छ ।

दिल्लीको एक्यूआई पाँच सयभन्दा माथि पुगेको छ । अघिल्लो हप्ता पनि प्रदूषण बढेर विद्यालय बन्द गर्नुका साथै गाडीमा जोरबिजोर प्रणाली लागू भएको थियो ।

सामान्य वर्षा भएर केही घटेकोमा दिवालीमा पटकालगायतका विस्फोटक वस्तु पड्काउँदा पुनः बढेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो वर्ष मात्रै प्रदूषणका कारण दिल्लीको अर्थतन्त्र ३ अर्ब ७० करोड अमेरिकी डलरबराबरको क्षति भइसकेको ग्रीपपिस नामको संस्थाले गरेको अध्ययनले देखाएको छ ।

यसैबीच दिल्ली सरकारले प्रदूषणको मात्रा घटाउन कृत्रिम वर्षा गराउने तयारी गरेको छ । इन्डियन इन्स्टच्युट अफ टेक्नोलोजी (आईआईटी) सँगको सहकार्यमा दिल्लीमा यही हप्ता कृत्रिम वर्षा गराउने तयारी गरेको दिल्ली सरकारले जनाएको छ । सर्वोच्च अदालतबाट अनुमति पाउन बाँकी छ । आईआईटीले गएको जुलाईमा भारतमा कृत्रिम वर्षा गराउने सफल परीक्षण गरेको थियो ।     
 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया