बङ्गालको खाडीमा बनेको चक्रवात कमजोर हुँदै, देशका पहाडी क्षेत्रको मौसम आंशिक बदली

 मंसिर २, २०८० शनिबार ७:३२:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बङ्गालको खाडीको मध्य पश्चिमी क्षेत्रमा बनेको चक्रवात ‘मिडहिली’ कमजोर बन्दै गएको छ । यो चक्रवातले कोशी प्रदेशमा आंशिक प्रभाव पारेको तर आज बिहानदेखि चक्रवात कमजोर बन्दै गएको जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज देशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहेको छ । कोशी, बाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ । आज देशका पश्चिमी क्षेत्रमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

कर्णाली प्रदेशको भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रूकुम पश्चिमलगायत आसपासका क्षेत्रमा मौसम सामान्य रहेको र चिसो बढ्नेक्रममा छ । ती क्षेत्रमा यो हप्ता ठूलो पानी पर्ने सम्भावना नरहेको महाशाखाका मौसमविद् सरोज पुडासैनीले बताउनुभयो । तर तापक्रम एकदेखि एक दशमलव ५ डिग्री सेल्सियसले घट्न सक्ने अनुमान छ । अरु बाँकी क्षेत्रमा मौसम सफा नै रहेको छ ।

काठमाण्डौमा आज बिहानको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन गरिएको छ । हिजोको न्यूनतम तापक्रम ९ दशमलव ५ डिग्री सेल्सियस रहेको थियो । 
 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया