भारतको उत्तराखण्डमा सुरुङमा फसेका ४१ जनाको उद्धार कार्यमा अवरोध

 मंसिर ३, २०८० आइतबार ८:३६:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतको उत्तराखण्डमा निर्माणाधीन सडक मार्गको सुरुङभित्र फसेका ४१ जना मजदुरको उद्धारमा अवराेध आएको छ ।

अघिल्लो आइतवार सुरुङको केही भाग भत्किएपछि भित्रै थुनिएकाहरुको उद्धारका लागि प्रयास भइरहेकोमा हिजोदेखि उद्धारकार्य रोकिएको बीबीसी हिन्दीले जनाएको छ ।

उद्धार कार्यका क्रममा जमिन भासिएर ठूलो मात्रामा ढुङ्गा र माटो निरन्तर खसेपछि र महत्त्वपूर्ण ड्रिलिङ मेशिनहरू बिग्रिएका कारण उद्धारको काम सुस्त भएको थियो ।

हिजो वरिष्ठ स्थानीय सरकारी कर्मचारी अभिषेक रुहेलाले फसेका व्यक्तिको सङ्ख्या ४१ जना रहेको जानकारी दिँदै उद्धार कार्य रोकिएको जानकारी गराउनुभएको हो । उद्धारकर्ताहरूले रेडियोको प्रयोग गरेर फसेका व्यक्तिहरूसँग कुराकानी गरिरहेका छन् ।

सुरुङभित्र जोडिएको ६ इन्च चौडा पाइपबाट खाना, पानी, अक्सिजन र औषधि पठाइरहेको रुहेलाले जानकारी दिनुभयो । अब सुरुङको माथिबाट खन्ने वा के गर्ने भन्ने बारेमा छलफल भइरहेको उहाँले बताउनुभयो । सुरुङ भित्र ७० मिटर क्षेत्रमा रहेको पहिरोमध्ये एक हप्तामा २४ मिटर मात्रै हटाइएको छ । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया