बाघकाे आक्रमणबाट बर्दियाको राजापुरमा एक जनाको ज्यान गयाे

 मंसिर ३, २०८० आइतबार १४:५४:४९ | भावुक योगी
unn.prixa.net

फाइल तस्बिर

बर्दिया – पाटेबाघको आक्रमणबाट बर्दियाकाे राजापुर नगरपालिकामा एक जनाकाे ज्यान गएको छ । राजापुर–१० सुकुम्बासी टाेलकी २४ वर्षीया ममता सुनारलाई घर नजिकैकाे वनबाट आएको बाघले आक्रमण गर्दा ज्यान गएको डिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत दाेर्णराज शर्माले जानकारी दिनुभयो ।

आज आइतवार नेपाल–भारत सिमानामा पर्ने घर नजिकैकाे वनमा घाँस काट्न गएका बेला बाघको आक्रमणमा परि गम्भीर घाइते हुनुभएकी सुनारलाई उपचारका लागि जिल्ला अस्पताल गुलरिया पुर्‍याउनासाथ ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) तुल्सिराम अर्यालले बताउनुभयो ।

नेपाल–भारत सिमानामा पर्ने तथा भारतकाे कतर्नियाघाट वन्यजन्तु आरक्ष र नेपालकाे बर्दिया निकुञ्जका वन्यजन्तु ओहोरदोहोर गर्ने मुख्य मार्ग खाता जैविक मार्ग क्षेत्रमा पर्ने मधुवन नगरपालिका र राजापुर नगरपालिका क्षेत्र आसपासका राष्ट्रिय वन तथा सामुदायिक वन र बर्दिया निकुञ्ज आासपासका क्षेत्रमा बाघकाे आक्रमणका घटना बढ्दै गएकाे छ । यी क्षेत्रमा बाघकाे आक्रमणबाट १८ जनाकाे ज्यान गएको छ । झन्डै चार वर्षको अवधिमा बाघको आक्रमणबाट राष्ट्रिय वन र निकुञ्ज क्षेत्रमा गरी बर्दियामा ३५ जनाकाे ज्यान गइसकेको छ । बर्दियामा मानव र बाघबीच द्वन्द्व बढ्दै गएको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया