सुरुङमा फसेका ४१ जना कामदारलाई बाहिर निकाल्न नयाँ सुरुङ बनाउने भारतको तयारी

 मंसिर ३, २०८० आइतबार १८:३४:२३ | एजेन्सी
unn.prixa.net

भारतीय उद्धारकर्मीहरूले उत्तराखण्डको एउटा भत्किएको सुरुङमा फसेका ४१ कामदारलाई बाहिर निकाल्न ठाडो सुरुङ बनाउने योजना बनाएका छन् ।

सुरुङमा फसेका कामदारलाई बाहिर निकाल्ने प्रयास दोस्रो हप्तामा पुगेको छ । एक्स्काभेटरहरूले गएकाे आइतवारदेखि सुरुङबाट माटो, कङ्क्रिट र भग्नावशेष निकालिरहेका छन् । भग्नावशेष भत्किँदा र सुरुङ खन्ने मेशिन बारम्बार बिग्रँदा उद्धार प्रयास सुस्त भएको छ ।

यस्तै खन्ने मेशिनको चर्को आवाजले फसेकाहरू झनै आतङ्कित भएपछि अस्ति शुक्रवार राति 'ड्रिलिङ' बन्द गरिएको थियो । सुरुङमा फसेकाहरूसँग कुराकानी भइरहेको छ । आफन्तहरूका अनुसार उनीहरूको अवस्था गम्भीर छ र मनोबल कम भएको बताएका छन् ।

उद्धार कार्यमा संलग्न वरिष्ठ अधिकारी भाष्कर खुल्बेका अनुसार उद्धारकर्मीको टोलीले अहिले माथिबाट समेत पूरै नयाँ सुरुङ खन्ने योजना बनाइरहेका छन् ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया