भारतको उत्तरकाशीमा सुरुङ भत्किँदा फसेका ४१ जना मजदुरको उद्धारको काम अन्तिम चरणमा

 मंसिर ७, २०८० बिहिबार १२:१२:५५ | एजेन्सी
unn.prixa.net

भारतको उत्तरकाशीमा सुरुङ भत्किँदा फसेका ४१ जना मजदुरको उद्धारको काम अन्तिम चरणमा पुगेको छ । अघिल्लो आइतवार सुरुङभित्र फसेका जीवित मजदुरलाई बाहिर निकाल्न उद्धारकर्मीले निरन्तर प्रयास गरिरहेका छन् ।

आज १२औँ दिन पनि बिहानैदेखि काम भैरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरुलाई अर्को सुरुङ बनाएर बाहिर निकालिँदैछ ।

यसका लागि ड्रिलिङमा केही समस्या देखिए पनि सुरुङमा फसेका मजदुरसँग सम्पर्क स्थापित भइरहेको र आवश्यक अक्सिजन तथा खानाको आपूर्ति भैइहेको उत्तरकाशी जिल्लाका शीर्ष सरकारी अधिकारी अभिषेक रुहेलाले बताउनुभएको छ ।

उत्तरकाशी र यमुनोत्री मन्दिरलाई जोड्नका लागि सिल्क्यारा र डन्डालगाउँ सहरबीचको साढे चार किलोमिटर लामो सुरुङ निर्माण भइरहेको थियो । यो सुरुङ प्रधानमन्त्री नरेन्द्र मोदीको सडक परियोजनाको एक हिस्सा हो ।
 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया