घाँटीमा सुन्तलाकाे केस्रा अड्किएर गुल्मीमा ३ वर्षीय बालककाे ज्यान गयो

 मंसिर ७, २०८० बिहिबार १८:४८:१९ | जनार्दन घिमिरे
unn.prixa.net

फाइल तस्बिर

गुल्मी – गुल्मीमा सुन्तलाकाे केस्रा अड्किएर तीन वर्षीय बालककाे ज्यान गएको छ । सुन्तलाकाे केस्रा अड्किएर मालिका गाउँपालिका–५ छापहिलेका आयुष ठकुरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नविन किशोर प्रधानले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार मालिका गाउँपालिकाको छाप राङ्ला स्थायी घर भएका कमल ठकुरीकी श्रीमती कोपिला छोरासँगै तम्घास मिलनचोक भाडाको कोठामा बस्दै आउनुभएको थियो । आज बिहीवार दिउँसोको समयमा आमाछोरा घरको छतमा बसेर घाम ताप्दै सुन्तला खाने क्रममा छोरा आयुषको घाँटीमा सुन्तलाकाे दुई वटा केस्रा अड्किएकाे थियाे ।

सुन्तलाकाे केस्रा अड्किएर सास फेर्न गाह्रो भएपछि आयुषलाई उपचारका लागि गुल्मी अस्पताल लगेकाे र उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया