अस्ट्रेलियासँगको टी–२० शृङ्खलामा भारतको विजयी शुरुवात

 मंसिर ८, २०८० शुक्रबार ६:४९:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारत र अस्ट्रेलियाबीचको पाँच खेलको टी–२० शृङ्खलामा भारतले विजयी शुरुवात गरेको छ ।

विशाखापटनममा गएराति भएको पहिलो खेलमा भारतले अस्ट्रेलियालाई २ विकेटले हरायो । अस्ट्रेलियाले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको भारतले १ बल बाँकी छँदै भेट्टायो ।

भारतको जितमा सूर्यकुमार यादवले ४२ बलमा ९ चौका र ४ छक्कासहित सर्वाधिक ८० रन बनाए । इशान किशनले ३९ बलमा २ चौका र ५ छक्कासहित ५८ रन बनाए । त्यसअघि विशाखापटनममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ८ रन बनाएको थियो ।

अस्ट्रेलियाका लागि विकेट किपर जोश इङ्ग्लिसले ५० बलमा ११ चौका र ८ छक्कासहित १ सय १० रनको शानदार शतकीय इनिङ खेले पनि टोलीको जितका लागि पर्याप्त भएन । दोस्रो खेल नोभेम्बर २६ मा, तेस्रो खेल नोभेम्बर २८, चौथो खेल डिसेम्बर १ र पाँचौँ तथा अन्तिम खेल डिसेम्बर ३ तारिखमा हुनेछ ।

गएको आइतवार अस्ट्रेलियाले भारतलाई हराउँदै कीर्तिमानी छैटाैँ पटक एक दिवसीय विश्व कप क्रिकेटको उपाधि जितेको थियो ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया