बर्दियाकाे गुलरियामा आगलागीमा परि चार जनाकाे ज्यान गयाे, एक जना घाइते

 मंसिर ९, २०८० शनिबार ६:३१:३८ | भावुक योगी
unn.prixa.net

बर्दिया - बर्दियाकाे गुलरिया नगरपालिका-४ तुलापुरकाे एक घरमा गएराति आगलागी हुँदा चार जनाकाे ज्यान गएकाे छ । एक जना घाइते भएका छन् ।

आगलागीमा परि  दुई वर्षका कार्तिक चन्द, ८ वर्षका कृष चन्द, १० वर्षकी मानषी बुढा र ३५ वर्षकी राधा बुढाकाे ज्यान गएकाे हाे । 

घाइते २८ वर्षकी करिष्मा चन्दलाई उपचारका लागि अस्पताल लगिएकाे जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी तुल्सीराम अर्यालले जानकारी दिनुभयो ।

घरमा के कारणले आगलागी भयाे भन्ने विषयमा अनुसन्धान भइरहेकाे अर्यालले बताउनुभयाे । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया