उदयपुरमा स्कुल बस दुर्घटना हुँदा तीन जनाको ज्यान गयो

 मंसिर ९, २०८० शनिबार १७:०:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – उदयपुरमा स्कुल बस दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । त्रियुगाको अन्नपुर्ण सेकेन्डरी स्कुलको बस उदयपुरगढी गाउँपालिका वडा नम्बर ७ अँधेरीमा पल्टिँदा तीन जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

ज्यान गुमाउनेहरुमा बसका चालक ४० वर्षका भिखन चौधरी, ६ वर्षकी सम्या चौधरी र ७ वर्षका विकास चौधरी रहेका जिल्ला प्रहरी कार्यालय, उदयपुरका प्रहरी नायव उपरीक्षक हरिनन्द चौधरीले जानकारी दिनुभयो।

घाइतेमध्ये गम्भीर अवस्थामा रहेका १२ जनालाई थप उपचारको लागि विराटगर पठाएको उहाँले बताउनुभयो । बसमा रहेकामध्ये अरु ३२ जना केही सामान्य घाइते भएर जिल्ला अस्पतालमा उपचार गराइरहेका र केही घर फर्किएका उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया