भारत र अस्ट्रेलियाबीचको तेस्रो टी–२० खेल आज : भारतलाई शृङ्खला जित्ने अवसर

 मंसिर १२, २०८० मंगलबार ६:३५:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारत र अस्ट्रेलियाबीचको तेस्रो टी–२० क्रिकेट आज हुँदैछ । दुई देशबीच पाँच खेलको टी–२० शृङ्खलामा भारत २–० ले अगाडि छ ।

आजको खेल जितेका भारतले शृङ्खला जित्नेछ । यो शृङ्खलालाई जोगाउन अस्ट्रेलियालाई आज जित्नैपर्ने दबाब छ । तेस्रो टी–२० खेल नेपाली समय अनुसार आज बेलुका सवा ७ बजे गुवाहाटीमा हुनेछ ।

पहिलो खेलमा भारतले अस्ट्रेलियालाई २ विकेटले र दोस्रो खेलमा ४४ रनले हराएको थियो । अघिल्लो हप्ता सम्पन्न एकदिवसीय विश्व कप क्रिकेटमा भारतलाई हराउँदै अस्ट्रेलियाले उपाधि जितेको थियो ।
 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया