भारतमा सुरुङभित्र फसेका मजदुरको १७ औँ दिनमा उद्धार हुँदै : एम्बुलेन्स, हेलिकप्टर र अस्पताल तयारी अवस्थामा

 मंसिर १२, २०८० मंगलबार २०:०:७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

भारतको उत्तराखण्डको एक सुरुङमा फसेका ४१ जना मजदुरको आज मङ्गलवार १७ औँ दिनमा उद्धार हुँदैछ ।

उद्धारका लागि शुरुमा पहिरो पन्छाउने प्रयास भएकोमा त्यहाँबाट सम्भव नभएपछि पहाड माथिबाट एउटा ठाडो र अर्को तेस्रो प्वाल बनाइएकाे थियो । ठाडोतर्फको प्वालबाट मजदुरलाई निकाल्ने अन्तिम तयारी भइरहेको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

अबको तीनदेखि चार घण्टामा उद्धार कार्य सकिने अपेक्षा रहेको प्रहरीले जनाएको छ । ९० सेन्टिमिटर व्यास भएको पाइप जडान गरिएकोले त्यहाँबाट एक/एक जना गर्दै मजदुरलाई बाहिर निकल्नुपर्नेछ । एक जना निकाल्न तीनदेखि पाँच मिनेट लाग्ने अनुमान छ । उद्धार गरेका मजदुरलाई अस्पताल लैजानका लागि एक दर्जनभन्दा धेरै एम्बुलेन्स तयारी अवस्थामा छन् । प्राथमिक उपचारका लागि सुरुङ स्थलमै आठ शय्याको अस्पताल स्थापना गरिएको छ । यदि मजदुर गम्भीर भएमा उद्धारका लागि हेलिकप्टर पनि तयारी अवस्थामा छ । अस्पतालमा सबै सुविधासहित डाक्टरलाई खटाइएको छ ।

उद्धार हुने भएपछि मजदुरका परिवारमा खुशीयाली छाएको छ । फसेका मजदुरको उद्धारका लागि अमेरिकाबाट समेत मेशिन र इन्जिनियर झिकाएर काम भइरहेको थियो । तर कहिले पहिरो जाने र कहिले मेशिन बिग्रने भएपछि उद्धारमा ढिलाइ भएको हो । फसेका मजदुरहरूलाई सानो पाइपको माध्यमबाट खाना, पानी र औषधि भने पठाइएको थियो ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया