समृद्ध नेपालका लागि एमालेको एकल बहुमत : एमाले अध्यक्ष ओली

 मंसिर २०, २०८० बुधबार १९:३३:१२ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – नेपाल एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले बाहेकले देश बनाउन नसक्ने बताउनु भएको छ।

एमालेको झुलाघाट–चिवा भञ्ज्याङ्ग राष्ट्रिय समृद्धि यात्राको सन्दर्भमा गुल्मीको वामी आउनु भएका ओलीले नेकपा एमालेको एकल बहुमत बिना समृद्ध नेपाल निर्माण असम्भव भएकाले जनभावना बुझ्न् यो समृद्ध यात्रा शुरु गरिएको बताउनु भयो ।

आफूले यात्राका क्रममा एमालेप्रति जनताको उर्जा व्यापक भएकाले मिसन ०८४ का लागि योजनाबद्ध रुपमा काम गर्न एमाले निकट कमिटी र नेता कार्यकर्तालाई आग्रह पनि गर्नुभयो।

एमाले काम गर्ने पार्टी र देशमा समृद्धि ल्याउन सक्ने सम्भावना भएकाे पार्टी भएकाेले देशका कुनाकाप्चाका नागरिकको समस्या, विकासको अवस्था र सरकारका कामका बारेमा बुझ्ने मौका समृद्ध सङ्कल्प यात्राले दिएको ओलीले बताउनु भयो।

त्यस्तै प्रमुख प्रतिपक्षी दलका नेता ओलीले भूकम्पको अवस्था समेत बुझ्ने मौका मिलेकाले राहत र पुनर्निर्माणमा सरकारको लज्जास्पद स्थिति रहेको टिप्पणी गर्नु भएको छ । उहाँले सामान्य पालमा सुत्केरी, शिशु र वृद्धवृद्धा कन्तबिजोक अवस्थामा रहेकाले सरकारले काममा तीव्रता दिनुपर्ने बताउँदै भूकम्पमा अस्थायी आवास निमार्ण र भग्नावशेष हटाउन खटिएका एमाले स्वमसेवकले गरेको काम निकै उदाहरणीय रहेको भन्दै प्रशंसा गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया