हेटौँडामा एक थान पेस्ताेल र २० राउण्ड गाेलीसहित तीन जना पक्राउ

 मंसिर २३, २०८० शनिबार १९:४३:५९ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - हेटाैँडामा एक थान पेस्ताेल र २० राउण्ड गाेलीसहित तीन जना पक्राउ परेका छन् । प्रहरीले हेटौँडा उपमहानगरपालिका-४ हुप्राचौरमा रहेकाे एक घरको कोठाबाट पेस्ताेल र गाेलीसहित ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्रीलाई पक्राउ गरेकाे हाे । 

मकवानपुर प्रहरी प्रमुख एसपी सीताराम रिजालले गएकाे साेमवार हेटौँडा–९ धर्मपथमा रहेकाे सूर्यप्रसाद पौडेलको घरमा लगातार गोली पड्केको आवाज सुनेपछि प्रहरीले अनुसन्धान थालेको जानकारी दिनुभयाे ।

पक्राउ परेका तीनै जना ठेक्कापट्टा तथा लागुऔषध काराेबारमा संलग्न रहेका पाइएकाे उहाँले बताउनुभयाे । उनीहरुकाे डेराबाट ५ थान पेस्तोल सफा गर्ने रड, खैरो हेराेइन २ दशमलव ४० ग्राम, लागुऔषध जोख्ने विद्युतीय तराजु, नगद ५० हजार रुपैयाँ बरामद गरिएको रिजालले जानकारी दिनुभयाे । उनीहरुले प्रयाेग गर्ने ना २५ प ३३०५ र ना ६३ प ९६७८ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएकाे छ।

पक्राउ परेकामाथि जिल्ला अदालत मकवानपुरबाट म्याद थप गरी ज्यान, लागुऔषध र हातहतियार सम्बन्धी मुद्दामा अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाइने रिजालले बताउनु भयाे । 
 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया