मकवानपुरकाे चित्लाङमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाकाे ज्यान गयाे, एक जना घाइते

 मंसिर २४, २०८० आइतबार ७:३९:३६ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – मकवानपुरकाे थाहा नगरपालिका-९ चित्लाङमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएकाे छ । एक जना घाइते भएका छन् ।

काठमाण्डौबाट चित्लाङका लागि छुटेकाे बा.४ ख ८७७३ नम्बरको बस र काठमाण्डाै आउँदै गरेकाे बा.६५ प ४१७३ नम्बरको मोटरसाइकल गएराति ठाेक्किएका हुन् । 

दुर्घटनामा थाहा नगरपालिका-१० बस्ने ३० वर्षीय मनोज गमालकाे ज्यान गएकाे हाे । उहाँकाे काठमाण्डाैकाे ट्रमा सेन्टरमा उपचारका क्रममा ज्यान गएकाे हाे । घाइते ४८ वर्षीय शम्भु गमालकाे उपचार भइरहेकाे मकवानपुरका निमित्त प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक प्रकाश शाहले जानकारी दिनुभयाे। 

दुर्घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया