धनुषामा माेटरसाइकल अनियन्त्रित भइ पल्टिँदा दुई जनाकाे ज्यान गयाे, एक जना घाइते

 मंसिर २९, २०८० शुक्रबार १३:२६:३२ | रासस
unn.prixa.net

साङ्केतिक तस्बिर

धनुषा - धनुषामा मोटरसाइकल दुर्घटनामा परि दुई जनाकाे ज्यान गएकाे छ । एक जना घाइते भएका छन् । तीनजना चढेकाे मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएकाे जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

ज्यान गुमाउनेमा धनुषा कमला नगरपालिका–८ का २५ वर्षीय भरत सहनी र विदेह नगरपालिका–१ का ३० वर्षीय जयकुमार सहनी रहेका जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन अवालेले जानकारी दिनुभयो । उहाँका अनुसार त्यही मोटरसाइकलमा रहेका जनकपुरधाम उपमहानगरपालिका–१२ का शत्रुधन सहनी गम्भीर घाइते भएका छन् । 

सहनीको जनकपुरधाममा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाण्डाैकाे न्युरो अस्पताल सिफारिस गरिएको अवालेले जानकारी दिनुभयो ।

आज बिहान जनकपुरधामबाट ढल्केबर जाँदै गरेको प्रदेश २–०२–००२प ४०९२ नम्बरको मोरसाइकल लक्ष्मीनियाँ गाउँपालिका–४ सपहीमा अनियन्त्रित भएर दुर्घटना भएकाे हाे । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया