अब निर्धक्कसँग आर्थिक गतिविधि गरौँ : अर्थमन्त्री महत

 पुस ३, २०८० मंगलबार १५:१०:३ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – अर्थमन्त्री एवम् नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले अब निर्धक्कसँग आर्थिक गतिविधि गर्न उद्याेगी व्यवसायीलाई आग्रह गर्नुभएको छ । नेपाली कांग्रेस मकवानपुरको जिल्ला सम्मेलनको आज मङ्गलवार हेटौँडामा उद्घाटन गर्दै उहाँले अहिले आर्थिक क्षेत्र सुध्रिएकाे दाबी गर्दै ढुक्क भएर आर्थिक गतिविधि गर्न गर्नुभयाे ।

अहिलेको अवस्थामा निराश हुनुपर्ने कुनै पनि कारण नभएकाे भन्दै अर्थमन्त्रीले नेपालमै लगानी गरेर काम गर्नका लागि आग्रह गर्नुभयो । अब देशमै कुनै पनि काम गर्नका लागि सहज भइसकेकाे उहाँकाे भनाइ छ । उहाँले भन्नुभयो, ‘अर्थतन्त्रमा सुधार आएकाले जग्गा कारोबारमा पनि सुधार आएको छ । शेयर बजा पनि बढेको छ । पर्यटन क्षेत्रमा पनि निकै सुधार आएको छ । अब लगानी गरेर काम गर्न डराउनुपर्ने अवस्था छैन ।’

देशमा धेरै खालका समस्या भए पनि सरकारमा बसेर आफूहरूले राम्रो काम गरेको अर्थमन्त्री महतको दाबी छ ।

कांग्रेस मकवानपुरको सम्मेलनमा जिल्लाको दुई सङ्घीय निर्वाचन क्षेत्र, चार वटा प्रदेश, १० वटा पालिका, एक सय दुई वटा वडाबाट गरी झन्डै दुई हजार जना प्रतिनिधि उपस्थिति रहेका छन् । सम्मेलनमा जिल्लाको सङ्गठानात्मक अवस्था, समस्या, वार्षिक प्रगति, राजनाीतिक सिद्धान्त र विचारका विषयमा केन्द्रित रहेर छलफल तथा बहस हुने छ । सम्मेलनले जिल्लामा पार्टी सङ्गठन विस्तारका लागि आगामी कार्ययोजना, रणनीति र एजेन्डाका विषयमा छलफल गरी मार्ग निर्देशन गर्ने छ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया