जापानमा ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प, ठूलो सुनामीको चेतावनी

 पुस १६, २०८० सोमबार १४:९:२५ | एजेन्सी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

जापानमा ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको छ । जापानले देशको मध्य क्षेत्रमा गएको भूकम्पका कारण ठूलो सुनामी जान सक्ने चेतावनी दिएको बीबीसीले जनाएको छ ।

५ मिटरसम्म अग्ला छालहरू आउन सक्ने सक्ने चेतावनी जारी भएको जापानको राष्ट्रिय प्रसारक एनएचकेले जनाएको छ । इशिकावाको तटीय क्षेत्रका बासिन्दालाई तत्कालै सुरक्षित ठाउँमा जान भनिएको छ ।

यस्तै निगाता र तोयामा प्रान्तमा पनि सुनामीको चेतावनी जारी भएको छ । यी प्रान्तहरूमा ३ मिटरसम्म अग्ला छालहरू आउन सक्ने भनिएको छ ।

जापानमा भवनहरूले शक्तिशाली भूकम्प सहन सकून् भन्ने उद्देश्यले कडा निर्माण नियमहरू छन् र ठूलो झट्काका लागि तयारी गर्न नियमितरूपमा आपत्कालीन अभ्यासहरू हुने गर्छन् ।

तर सन् २०११ को मार्चमा उत्तरपूर्वी जापानमा गएको ९ दशमलव ० म्याग्निच्युडको भूकम्पका कारण आएको सुनामी आउँदा १८ हजार जनाभन्दा धेरैकाे ज्यान गएकाे थियो ।

सन् २०११ को सुनामीले फुकुशिमा आणविक केन्द्रमा तीन वटा रिएक्टरहरू पनि ध्वस्त पारेको थियो जसले गर्दा जापानको युद्धपछिको सबैभन्दा खराब विपत्ति र चेर्नोबिलपछिको सबैभन्दा गम्भीर आणविक दुर्घटना भएको थियो ।

सन् २०२२ को मार्चमा फुकुशिमाको तटीय क्षेत्रमा गएको ७ दशमलव ४ म्याग्निच्युडको भूकम्पले पूर्वी जापानको ठूलो क्षेत्रमा धक्का महसुस गरिएको थियो । 

राजधानी टोकियोलाई एक शताब्दीअघि सन् १९२३ मा आएको विनाशकारी भूकम्पले तहसनहस बनाएको थियो ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया