जापान भूकम्प : ज्यान गुमाउनेको सङ्ख्या ४८ जना पुग्यो, खोजी र उद्धार चल्दै

 पुस १७, २०८० मंगलबार १५:१२:२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

जापानमा भूकम्पमा परि ज्यान गुमाउनेको सङ्ख्या ४८ जना पुगेको छ । इशिकावाको प्रकोप मुख्यालयले अहिलेसम्म ४८ जनाको शव प्राप्त भएको र खोजी कार्य चलिरहेको बताएको बीबीसीले जनाएको छ । झन्डै एक हजार उद्धारकर्ताले भूकम्पबाट ढलेका संरचनाको भग्नावशेषमुनि खोजी तथा उद्धारको काम गरिरहेका छन् ।

प्रधानमन्त्री फुमियो किशिदाले पत्रकार सम्मेलन गरेर खोज र उद्धारको काम चलिरहेको जानकारी गराउनुभएको छ । पत्रकार सम्मेलनमा प्रधानमन्त्रीसहित मन्त्रीहरू निलो रङ्गको पोसाकमा उपस्थित भएका थिए । जसको अर्थ सरकार सङ्कटसँग जुधिरहेको छ भन्ने हुन्छ ।

हिजो साेमवार इशिकावा प्रान्तको नोतो प्रायद्वीपमा ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पपछि सुनामीसमेत आएको छ । तर यति शक्तिशाली भूकम्पमा पनि जापानमा तुलनात्मक रूपमा कम क्षति भएको छ । जसकाे कारण जापानले सन् १९८१ मा लागू गरेको भवन निर्माण संहिता हो ।

हिजोको भूकम्पमा केही साना घरहरू भत्किए पनि ठूलो घर एउटा मात्रै भत्किएको र त्यो पनि सन् १९७१ मा बनेको जापानी सञ्चारमाध्यमले जनाएका छन् ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया