जापानमा भएको विमान दुर्घटनाबारे अनुसन्धान शुरु

 पुस १८, २०८० बुधबार १५:३१:२३ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

जापानको राजधानी टोकियोमा रहेको हानेदा विमानस्थलमा हिजो मङ्गलवार भएको दुर्घटनाबारे अनुसन्धान शुरु भएको छ । जापानको तटरक्षक विमान र जापान एअरलाइन्सको यात्रुवाहक विमान ठोकिएर भएको दुर्घटनाको कारणबारे अनुसन्धान शुरु गरेकाे जापान यातायात सुरक्षा बोर्डलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

दुर्घटनामा पाँच जनाको ज्यान जानुको साथै तीन सय वटाभन्दा धेरै उडान रद्द भएका थिए । सुरक्षा बोर्डले आज बुधवार दिउँसो विमानको भग्नावशेषको जाँच गरेर अनुसन्धान थालेको छ । तटरक्षकको विमानको फ्लाइट र भ्वाइस रेकर्डरहरू भेटाएको र जापान एअरलाइन्सको विमानको फ्लाइट र भ्वाइस रेकर्डरहरू खोजी गरिरहेको बोर्डले जनाएको छ ।

एअर ट्राफिक कन्ट्रोलरले दुर्घटना हुनुअघि यात्रुवाहक विमानलाई धावनमार्गमा अवतरण गर्न अनुमति दिएर तटरक्षकको विमानलाई छोटो समयका लागि धावनमार्गमा पर्खिन निर्देशन दिएका जापानी सञ्चारमाध्यमले जनाएको छ ।

आज तीन वटा धावनमार्ग खुला गरिए पनि दिनभरि झन्डै एक सय वटा उडान बन्द हुने अनुमान गरेको विमानस्थल कार्यालयले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया