वित्तीय साक्षरता कक्षाको प्रभाव : रेमिट्यान्स सदुपयोग गर्न गाउँमा जाँडरक्सी निषेध

 पुस १९, २०८० बिहिबार ७:२४:१८ | रामकुमार थापा
unn.prixa.net

काठमाण्डाै - धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १४ मा गठन भएको मानेगाउँ वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षाका सहभागीहरुले गाउँमा जाँडरक्सी निषेध गरेका छन् ।

वैदेशिक रोजगारीबाट आउने रेमिट्यान्सलाई सही प्रयोग गर्ने उद्देश्यले उनीहरुले गाउँमा जाँडरक्सी निषेध गरेका हुन् । नीलकण्ठ नगरपालिकाले सञ्चालन गरेको सुरक्षित आप्रवासन सामी कार्यक्रम अन्तर्गत २१ हप्तासम्म वित्तीय साक्षरता कक्षामा बसेपछि उनीहरुले यस्तो काम गरेका हुन् ।

वैदेशिक रोजगारीमा गएका परिवारलाई लक्षित गरी गठन गरिएको समूहमा आम्दानी, खर्च, कर्जा, कर योजना, बीमा, बचत तथा लगानी जस्ता वित्तीय क्षेत्रका महत्त्वपूर्ण विषयहरूमा छलफल भएपछि उनीहरुले जाँडरक्सी निषेध गर्ने निर्णय हुन् । यो घोषणापछि जनजाति र दलित बस्ती रहेको मानेगाउँमा अब जाँडरक्सी बेचबिखन तथा खान पाइँदैन ।

गाउँमा जाँडरक्सी आयात तथा बिक्री वितरणमा बन्द गर्ने, अटेरी गर्नेलाई कारबाही स्वरुप शुरुमा जरिबाना गर्ने र दुई पटकभन्दा बढी खाने गरेको पाइए प्रहरीलाई खबर गरी बुझाउने र कसैले कोशेली स्वरुप ल्याउन परे वा अन्यन्त्र लैजान परे महिला समूहसँग सल्लाह गरी अनुमतिमा मात्र ल्याउन वा लैजान पाउने निर्णय पनि भएको छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

रामकुमार थापा

थापा धादिङको नीलकण्ठ नगरपालिकाकाे वरिष्ठ मनोविमर्शकर्ता हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया