जापान पठाइदिन्छु, महिनाको २ लाख कमाइ हुन्छ भनेर साढे ६ लाख ठग्ने एक जना पक्राउ

 पुस १९, २०८० बिहिबार १७:१३:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – महिनाको दुई लाख रुपैयाँ तलब पाउने गरी जापान पठाइदिन्छु भनेर साढे छ लाख रुपैयाँ ठग्ने एक जना पक्राउ परेका छन् ।

भक्तबहादुर राईसमेत दुई जनालाई वैदेशिक रोजगारीका लागि जापान पठाइदिन्छु भनेर ठगी गर्ने झापा घर भई अहिले काठमाण्डौको टोखा बस्ने गणेशकुमार कुलुङ राईलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले माछापोखरीबाट पक्राउ गरेको हो ।

उनले जापानमा महिनाको दुई लाख रुपैयाँ तलब हुन्छ भन्दै प्रतिव्यक्ति १५ लाख रुपैयाँ मागेका थिए । तर पीडितहरूबाट पटक पटक गरी छ लाख पचास हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन भएपछि प्रहरीमा उजुरी परेको थियो ।

विदेशमा आकर्षक तलब पाइन्छ भन्ने लोभमा गैरकानुनी तरिकाले कसैलाई पनि पैसा नदिन प्रहरीले आग्रह गरेको छ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया