कैलालीको पितमारी नजिक मोटरसाइकल दुर्घटना हुँदा दम्पतीकाे ज्यान गयो

 पुस २६, २०८० बिहिबार ७:२१:३ | भावुक योगी
unn.prixa.net

साङ्केतिक तस्बिर

कैलाली - कैलालीको कर्णाली चिसापानीमा पर्ने पितमारी नजिक गएराति मोटरसाइकल दुर्घटना हुँदा दम्पतीको ज्यान गएको छ ।

अछामबाट कुइने चिसापानी हुँदै बर्दियाको ठाकुरबाबा नगरपालिका–१ भुरीगाउँ घरतर्फ जाँदै गरेका दम्पती चढेको मोटरसाइकल कुइने कर्णाली चिसापानी सडक खण्डअन्तर्गत पितमारी नजिक दुर्घटना भएको हो ।

भे १३ प १०७४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा बर्दिया ठाकुरबाबा नगरपालिका–१ भुरीगाउँका ३८ वर्षका खगेन्द्रप्रसाद ढकाल र ३४ वर्षकी महेश्वरी तिमिल्सिना ढकालको ज्यान गएको इलाका प्रहरी कार्यालय कर्णाली चिसापानीले जनाएको छ ।

सडकदेखि झण्डै ३ सय मिटर तल नदि किनारको खोँचमा हिजो बेलुका ८ बजे केही उज्यालो देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । गम्भीर घाइते दम्पतीलाई अस्पताल लैजाँदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया