नेपालको १९ वर्षमुनिको टोलीले अभ्यास खेलमा नामिबियालाई ६ रनले हरायो

 पुस २७, २०८० शुक्रबार ६:३५:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नेपालको १९ वर्षमुनिको टोलीले दोस्रो अभ्यास खेलमा नामिबियालाई ६ रनले हराएको छ । दक्षिण अफ्रिका भ्रमणमा रहेको नेपालको यो लगातार दोस्रो जित हो ।

जितका लागि १ सय ४२ रनको मध्यम लक्ष्य पछ्याएको नामिबिया २९ ओभर ५ बलमा १ सय ३५ रनमा अल आउट भयो । नामिबियाका कप्तान बसिंग–वोल्स्चेंकले सर्वाधिक ५० रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । नेपालका गुलशन झा र आकाश चन्दले समान ३ विकेट लिए ।

दुर्गेश गुप्ताले २ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४१ रन बनाएको थियो । वर्षाका कारण खेल ३० ओभरमा झारिएको थियो । नेपालका दीपक डुम्रेले सर्वाधिक ३२ रन बनाए ।

नेपालले पहिलो अभ्यास खेलमा स्कटल्यान्डलाई १ सय ३५ रनले हराएको थियो । नेपालले भोलि स्कटल्यान्ड र मङ्गलवार वेस्ट इन्डिजसँग अभ्यास खेल खेल्नेछ । माघ ५ गतेदेखि शुरु हुने १९ वर्षमुनिको विश्व कपमा नेपालले आफ्नो समूह ‘डी’ मा न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तानसँग खेल्नेछ । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया