विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध
बैशाख १४, २०८१ शुक्रबार
महोत्तरी – छठको दोस्रो दिन सोमबार घरघरमा खरना मनार्इंदै छ । हिजोदेखि सुरु भएको छठ पर्वको आज दोस्रो दिन साँझमा सख्खर (मिठा) ले बनाईएको खिर षष्ठी मातालाई चढाई खरना मनाउने गरिन्छ ।
आज व्रतालुले निराहर व्रत बस्ने, साँझको समयमा चन्द्रोदय भएपछि आँगनमा गाईको गोबरले लिपपोत गर्ने र चावलको झोलले सुशोभित गरी माता षष्ठीको पूजापाठ प्रसाद ग्रहण गर्ने गर्छन् । खरनालाई पापको क्षय पनि भन्ने गरिन्छ ।
त्यस्तै भोली साँझ अस्ताउँदो सूर्यलाई नजिकको इनार, पोखरी, नदी, तालतलैयालगायतका जलाशयमा गई घरघरमा तयार पारिएको ठकुवा, भुसुवा, केरा, फलफूल सामग्री, उखु, केरा, नरिवललगायतका पूजा सामग्रीहरु राखेर अर्घ्य दिने गरिन्छ ।
आज बिहानैदेखि व्रतालुहरुले जलाशय सजाउनमा व्यस्त छन् ।