क्रिकेटमा पराजित भएको आक्रोशमा विजेता टोलीमाथि आक्रमण, आधा दर्जन खेलाडी घाइते

 कात्तिक २६, २०७५ सोमबार १५:४६:५१ | शैलेन्द्र महतो
unn.prixa.net

प्रतिकात्मक तस्बिर

धनुषा – दिपावली तथा छट पर्वको अवसरमा बर्दिवासमा आयोजना गरिएको क्रिकेट खेलमा पराजित भएको आक्रोशमा विजेता टिममाथि आक्रमण भएको छ ।

आक्रमणमा परि विजेत टिमका सातजना घाइते भएका छन् । घाइते हुनेहरुमा धनुषाको बटेश्वर गाउँपालिका १ चित्रपुरका जनकल्याण युवा क्लबका खेलाडी २९ वर्षका चन्दन महतो, वर्ष २० का जयप्रकाश महतो, वर्ष २४ का राजेश महतो, वर्ष १८ का श्रवण महतो र संजिव महतो छन् ।

यस्तै आक्रमण रोक्न खोज्दा विजेता क्लब तर्फबाट खेल हेर्न गएका स्थानीय ४५ वर्षका विजय महतो गम्भीर घाइते भएका छन् । उनीहरुको लालगढको मोडेल हस्पिटलमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

दिपावली तथा छठपर्वको अवसरमा बर्दिबास नगरपालिका ७ का गणेश मगरले धनुषाको मिथिला नगरपालिका ९ बेंगाडारबरको खेल मैदानमा आयोजना गरेको क्रिकेट प्रतियोगिताको आइतबार दिउँसो अन्तिम खेल भएको थियो । जसमा महोत्तरीको रातौली युवा क्लब र धनुषाको जनकल्याण युवा क्लबबीच प्रतिस्पर्धा भएको थियो । जनकल्याण युवा क्लब जित हात परेको थियो ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार अन्तिम खेलपछि साँझ परिसकेको र विजेता टिमले विजय जुलुस निकालेपश्चात आयोजक स्थानीय र रातौली युवा क्लबका खेलाडीहरुले एक्कासी विजेता टिममाथि आक्रमण गरेका थिए ।

पराजित भएको रतौली युवा क्लबका केही खेलाडी र आयोजक स्थानीयसहित झण्डै २० जनाभन्दा बढीले ब्याट, वियरको बोतल र हातको मुक्का र लातले विजेता टिममाथि आक्रमण गरेको घाइते भई उपचाररत राजेश महतोले बताउनुभयो ।

आक्रमण गर्नेहरुमा स्थानीय गणेश लामा, सुमन चौधरी, विशाल लामा, वीरेन्द्र साह, दिनेश महतो, अनवर मुस्लिमलगायत अन्य केही स्थानीय र पराजित रतौली युवा क्लबका खेलाडीहरु रहेको समेत घाइते राजेशले बताउनुभयो ।

यता इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक सरोज राईले पराजित भएको आक्रोशमा विजेता टिममाथि आक्रमण भएको र घटनापश्चात कुटपिटमा संलग्नहरु फरार रहेकाले तिनीहरुको खोजी कार्य जारी रहेको बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया