नेपालमा कुल मृत्युको ११ दशमलव ११ प्रतिशत क्यान्सरबाट

सुर्तीजन्य वस्तु तथा जाँड–रक्सीको सेवन र शारीरिक निष्क्रियता प्रमुख कारक

 माघ २१, २०८० आइतबार १५:३:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपालमा कुल मृत्युको ११ दशमलव ११ प्रतिशत मृत्यु क्यान्सरबाट हुने गरेको पाइएको छ ।

विश्व क्यान्सर दिवसको अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्रप्रसाद मरासिनीले फोक्सोको क्यान्सर र पाठेघरको मुखको क्यान्सरले गर्दा बढी मृत्यु हुने गरेको जानकारी दिनुभयो । निर्देशक मरासिनीले नेपालमा प्रत्येक वर्ष झन्डै २० हजार जनाभन्दा बढी मानिसमा क्यान्सर पहिचान हुने गरेको बताउनुभयो ।

सन् २०२० मा क्यान्सरकै कारण नेपालमा १६ हजार ६ सय २९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । नेपालमा फोक्सो, पाठेघरको मुख, स्तन, पेट र आन्द्राको क्यान्सरका बिरामी बढी देखिने गरेका महाशाखाका निर्देशक मरासिनीले बताउनुभयो । उहाँका अनुसार पुरुष र महिलाको तुलना गर्दा पुरुषमा फोक्सो, आमाशय, मुख तथ मुखजन्य क्यान्सर बढी देखिन्छ भने महिलाको हकमा पाठेघरको मुख रस्तन क्यान्सर सबैभन्दा बढी देखिने गरेको छ ।

अहिले क्यान्सर विश्वभर मृत्युको प्रमुख कारणमध्ये एक हो । विश्वको तथ्याङ्कअनुसार प्रत्येक ६ जनामा एक जनाको मृत्यु क्यान्सरबाट हुने गरेको छ । क्यान्सरको एक तिहाइ कारक तत्त्वहरूमध्ये सुर्तीजन्य वस्तु तथा जाँड–रक्सीको प्रयोग, शारीरिक निष्क्रियता रहेको छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया