भुक्तानी नपाएपछि ठेकेदार कम्पनी आन्दोलनमा, काम छाड्ने चेतावनी

 माघ २२, २०८० सोमबार १८:८:२८ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – दोभान–वाहानन्दे सडक खण्डमा काम गरेको रकम नपाएको भन्दै निर्माण कम्पनीले आन्दोलन शुरु गरेको छ । देशका विभिन्न ठाउँमा निर्माण कम्पनीले काम नगरेको, काम छोडेर भागेको भन्दै स्थानीयवासीले विरोध गरिरहेका बेला दोभान–वाहानन्दे सडक खण्डमा का गरेको एपेक्स कन्स्ट्रक्शन प्रालीले आन्दोलन गरेको हो ।

ठेकेदार कम्पनीका प्रतिनिधिले भुत्तानी नदिए काम छोडेर हिँड्ने चेतावनी दिएका छन् । दोभान–वाहानन्दे खण्ड ताप्लेजुङको निर्वाचन क्षेत्र नम्बर १ र २ जोड्ने एकमात्र सडक हो ।

१० किलोमिटर सडक कालोपत्र गर्न एपेक्स कन्ट्रक्शनले ३३ करोड रुपैयाँमा डेढ वर्षअघि ठेक्का पाएको थियो । कम्पनीका प्रतिनिधि अनिल चौधरीले ४७ प्रतिशतमात्रै रकम पाएको बताउनुभयो । भुक्तानी नपाउँदा मजदुरलाई पैसा दिन नसकेको र सडक कालोपत्रका लागि सामान ल्याउन पनि नसकेको उहाँको भनाइ छ ।

यो सडक उत्तर–दक्षिण (मूलघाट–दोभान–ओलाङचुङगोला) सडक आयोजनाले हेर्दै आएको छ । आयोजनाका प्रमुख सुदर्शन कार्कीले थप भुक्तानीका लागि पहल भइरहेको जानकारी दिनुभयो ।

सडकको ठेक्का लागेपछि ठेकदारलाई तत्काल काम गराउन जनप्रतिनिधि, राजनीतिक दल, स्थानीयवासीले दबाब दिएका थिए । तर नाली काट्ने, गिटी बिछ्याउने लगायतका काम सकेर कालोपत्रको काम हुन लाग्दा भुक्तानी नपाएपछि आन्दोलन गर्नुपरेको ठेकेदार कम्पनीको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया