जिउँदो ब्राेइलर कुखुराको मूल्य घटेपछि किसान समस्यामा

 कात्तिक २७, २०७५ मंगलबार १५:६:५८ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – सर्लाहीमा जिउँदो ब्राेइलर खुखुराको मूल्य घटेपछि कुखुरा पालक किसान समस्यामा परेका छन् ।

एक महिनादेखि जिउँदो ब्राेइलर कुखुराको मूल्य लगातार घटेकाले पोल्ट्रि व्यावसायीहरुको पेशा संकटमा परेको छ । अहिले जिउँदो ब्राेइलर कुखुराको मूल्य प्रति केजी १ सय ३५ रुपैयाँमा झरेपछि किसानलाई  लागत मूल्य उठाउन समस्या परेको हरिपुरका किसान हरि सापकोटाले गुनासो गर्नुभयो ।

महँगोमा चल्ला–दाना खरिद गरेर कुखुरा पालेका किसानले  भनेको जस्तो मूल्य नपाएपछि  पोल्ट्रि व्यावसाय नै छोडेको हजरियाका किसान देवेन्द्र रायले गुनासो गर्नुभयो । तीन महिनाअघि जिउँदै ब्राेइलर दुई सय  रुपैयाँसम्ममा बिक्री भएकोमा दसैँसँगै मूल्य घटेपछि पेशा नै संकट परेको किसानहरुको गुनासो छ ।

किसानले व्यापारीसँग चल्ल  प्रति गोटा ८०र८५ रुपैयाँ  र दान प्रति केजी ५८ रुपैयाँमा खरिद गर्ने गरेका छन । ४० देखि ४५ दिन ब्राेइलर कुखुरा पाल्दा  एउटा  ब्राेइलर कुखुरा बराबर दुई किलो ५०० ग्रामको कुखुरा उत्पादन हुने गरेको किसान बताउँछन् ।

४० दिनमा एउटा ब्राेइलर कुखुराले ४ किलो २०० ग्राम दाना खाने गरेको उनीहरुको भनाई छ । किसानलाई  दाना चल्ला औषधी र लागत मूल्य उठाउन  जिउँदो ब्राेइलर कुखुरा प्रति केजी १ सय ८० रुपैयाँभन्दा माथिमा बिक्री हुनु पर्ने किसानहरु बताउँछन् ।

व्यापारीहरुको एकाधिकारको  कारण पनि किसानले  कुखुराको मूल्य लिन नसकेका हुन् । ब्राेइलरको मूल्य घटेपछि  व्यापारी भनेको बेला कुखुरा नउठाउने गरेका कारण किसान झनै समस्यमा पर्ने गरेका छ ।

यति बेला सर्लाहीका  किसानको फर्ममा ३ किलोभन्दा माथिको तयारी कुखुरा छन् । कुखुराको मूल्य घटे पनि उपभोक्तले भने घटेको मूल्यमा मासु उपभोग गर्न पाएका छैनन् । अहिले जिउँदो ब्राेइलर कुखुराको मूल्य प्रतिकेजी ६५ रुपैयाँ र मासुको मूल्य केजीमा २० रुपैयाँ मात्र घटेको छ ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया