नेपालले माल्दिभ्सलाई २ सय १४ रनले हरायो, रुबिना क्षेत्रीको ऐतिहासिक शतकसँगै बने विभिन्न रेकर्ड

 फागुन १, २०८० मंगलबार १४:१२:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले माल्दिभ्सलाई २ सय १४ रनको फराकिलो अन्तरले हराएको छ । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको यो ठूलो अन्तरको जित हो । यसअघि नेपालले कतारलाई १ सय १९ रनले हराएको थियो ।

मलेसियाको वाईएसडी ओभलमा नेपालले दिएको २ सय २८ रनको विशाल लक्ष्य पछ्याएको माल्दिभ्स १३ ओभर ५ बलमा १३ रन बनाउँदा अल आउट भयो । माल्दिभ्सकी कप्तान सुमया हमीदले सबैभन्दा धेरै ५ रन बनाइन् । माल्दिभ्सका ६ जना खेलाडीले १ रन पनि जोड्न सकेनन् । नेपालकी अश्मिना कर्माचार्यले ४ तथा पूजा महतो र रुबिना क्षेत्रीले समान ३ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर २ सय २७ रन बनायो । नेपाली महिला टोलीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो सबैभन्दा धेरै रन हो । यसअघि नेपालले सन् २०२१ मा कतारसँगको खेलमा १ सय ६४ रन बनाएको थियो । नेपालकी पूर्वकप्तान रुबिना क्षेत्रीले ऐतिहासिक शतक बनाइन् । रुबिना नेपालका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउने पहिलो महिला खेलाडी बनिन् । रुबिनाले ५९ बलमा नट आउट १ सय १८ रन बनाइन् । यस्तै पूजा महतोले ५९ रन बनाइन् । रुबिना र पूजाले १ सय ६३ रनको कीर्तिमानी साझेदारी गरे । माल्दिभ्सकी सामा अलीले ३ विकेट लिइन् ।

यो जितसँगै नेपाल समूह ‘डी’ को विजेता बनेको छ । प्रतियोगिताको फाइनलमा पुग्ने टोली एसिया कपमा छनोट हुनेछन् ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया