वेस्ट इन्डिजले अस्ट्रेलियालाई ३७ रनले हरायाे

 फागुन १, २०८० मंगलबार १८:५:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अस्ट्रेलियासँगको तेस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा वेस्ट इन्डिजले अस्ट्रेलियालाई ३७ रनले हराएको छ ।

वेस्ट इन्डिजले दिएको २ सय २१ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८२ रन बनायो । अस्ट्रेलियाका डेभिड वार्नरले ८१ र टिम डेभिडले नट आउट ४१ रन बनाए । वेस्ट इन्डिजका रोमारियो शेफहर्ड र रोस्टन चेजले समान २ विकेट लिए ।

यसअघि पर्थमा टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ६ विकेट गुमाएर २ सय २० रन बनायो । वेस्ट इन्डिजका आन्द्रे रसेलले ७१ र शेरफेन रुथरफोर्डले ६७ रन बनाए । अस्ट्रेलियाका जेभिएर बार्टलेटले २ विकेट लिए ।

पहिलो र दोस्रो खेल जितेको अस्ट्रेलियाले यसअघि नै शृङ्खला जितिसकेको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया