लिग–२ : त्रिकोणात्मक शृङ्खला आजदेखि, नेपालले नामिबियासँग खेल्दै

 फागुन ३, २०८० बिहिबार ६:३९:० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचकाे त्रिकोणात्मक लिग-२ काे शृङ्खला आजदेखि शुरु हुँदैछ ।

नेपालले आज पहिलो खेल नामिबियासँग खेल्नेछ । त्यसपछि पर्सि शनिवार नेपालको खेल नेदरल्यान्ड्ससँग हुनेछ । त्यस्तै,९ गते फेरि नामिबियासँग र १३ गते नेदरल्यान्ड्ससँग हुनेछ । सबै खेल कीर्तिपुर मैदानमा बिहान सवा ९ बजे हुनेछन् ।

यसअघि क्यानडासँग भएको एकदिवसीय शृङ्खलामा राम्रो प्रदर्शन गरेको भन्दै अनिल शाह र भीम सार्की आईसीसी लिग–२ को क्रिकेट शृङ्खलाका लागि टोलीमा समेटिएका छन् । टोलीमा दुई परिवर्तनसहित १५ सदस्यीय नयाँ टोली घोषणा गरिएको छ । यसअघि टोलीमा परेका रिजन ढकाल र अर्जुन साउद बाहिरिएका छन् ।

लिग–२ को खेलमा कप्तान रोहित पौडेलसहित आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ छन् ।

यसअघि क्यानडासँगको तेस्रो एकदिवसीय क्रिकेट नेपालले जितेको थियो । तीन खेलको शृङ्खला नेपालले क्लिन स्वीप गरेको थियो ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया