न्युजिल्यान्डले पहिलो पटक दक्षिण अफ्रिकासँगको टेस्ट शृङ्खला जित्यो

 फागुन ४, २०८० शुक्रबार १८:२७:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – न्युजिल्यान्डले पहिलो पटक दक्षिण अफ्रिकासँगको टेस्ट शृङ्खला जितेको छ । दोस्रो तथा अन्तिम खेलमा घरेलु टोलीलाई ७ विकेटले हराउँदै न्युजिल्यान्डले टेस्ट शृङ्खला २–० ले जितेको हो ।

ह्यामिल्टनमा दक्षिण अफ्रिकाले दिएको २ सय ६७ रनको लक्ष्य न्युजिल्यान्डले चौथो दिनको चिया समयपछि भेटायो । न्युजिल्यान्डका पूर्वकप्तान केन विलियमसनले नट आउट १ सय ३३ रन बनाए । यस्तै विल योङ ६० रनमा नट आउट रहे । दक्षिण अफ्रिकाका डेन पिटले ३ विकेट लिए । दोस्रो इनिङ्समा दक्षिण अफ्रिकाले २ सय ३५ रन बनाएको थियो ।

यसअघि टस जितेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले पहिलो इनिङ्समा २ सय ४२ बनाएको थियो । न्युजिल्यान्डले पहिलो इनिङ्समा २ सय ११ रन बनायो ।

पहिलो खेल न्युजिल्यान्डले २ सय ८१ रनको फराकिलो अन्तरले जितेको थियो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया