‍नेपालको ‘ए’ टोली र क्यानडा–११ पहिलो अभ्यास खेल्दै

 फागुन ६, २०८० आइतबार ९:७:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालको ‘ए’ टोली र क्यानडा–११ बीचको पहिलो अभ्यास खेल आज हुँदैछ । खेल बिहान साढे ९ बजेदेखि मूलपानी क्रिकेट मैदानमा शुरु हुनेछ ।

नेपालको ‘ए’ टोली र क्यानडाबीच तीन खेलको एकदिवसीय अभ्यास खेल हुनेछ । नेपाल ‘ए’ को कप्तानी विनोद भण्डारीले गर्दैछन् ।

नेपाल ‘ए’ को प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र क्लाम अली रहेका छन् । दोस्रो खेल पर्सि मंगलवार र तेस्रो तथा अन्तिम खेल बिहीवार हुनेछ ।

क्यानडा यसअघि नेपालसँग भएको तीन खेलको एकदिवसीय शृङ्खलामा क्लिन स्वीप भएको थियो । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया