बर्दियाको मधुवनको एकै गाउँका ४० जना बिरामी, बान्ता आउने र पखाला लाग्ने समस्या

 फागुन ७, २०८० सोमबार १५:५३:५८ | भावुक योगी
unn.prixa.net

बर्दिया – बर्दियाको मधुवन नगरपालिका–९ गर्भुटोल गाउँमा बान्ता आउने र पखाला लाग्ने समस्याका कारण ४० जना बिरामी परेका छन् । अवलोकन भ्रमणमा जाँदा उनीहरूले घरबाटै मासुलगायतका परिकार लगेका र भोलिपल्टदेखि बिरामी परेका वडा नम्बर ९ का अध्यक्ष हर्क बस्नेतले जानकारी दिनुभयो ।

हिजो दिउँसो मधुवन नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रबाट गाउँमै पुगेका स्वास्थ्यकर्मीले उपचार शुरु गरे पनि बान्ता आउने र पखला लाग्ने समस्या नरोकिएपछि एम्बुलेन्समा राति नै जिल्ला अस्पताल गुलरिया लगेको मधुवन नगरपालिकाकी उपमेयर अनिता चौधरीले जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीका अनुसार बान्ता आउने र पखाला लाग्ने समस्या भएका बिरामीमध्ये अहिले ३६ जनाको उपचार भइरहेको छ । उनीहरूले बासी खाना खाएका कारण ‘फुड पोइजनिङ’ भएको हुन सक्ने प्रमुख गिरीले बताउनुभयो । उहाँका अनुसार अहिले ल्याबमा परीक्षण गर्ने तयारी भइरहेको छ ।

थारु सङ्ग्रहालयको अवलोकनका लागि गर्भुटोल गाउँका ४० जनाको समूह गएको शुक्रवार दाङ गएको थियो ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया