बाजुरामा ठेकेदारले पुलको जग खन्दा भत्किएको सडक १६ दिनसम्म पनि बनेन

 फागुन ८, २०८० मंगलबार १५:२७:५९ | निमेन्द्र शाही
unn.prixa.net

बाजुरा – ठेकेदार कम्पनीले बाटो नबनाउँदा बाजुराको कोल्टी–मार्तडी सडक खण्डमा १६ दिनदेखि गाडी आउजाउ बन्द भएको छ । सडक बन्द हुँदा बाजुरा पूर्वाेत्तर क्षेत्र, हुम्ला र मुगुका नागरिक समस्यामा परेका छन् ।

१६ दिनदेखि गाडी आउजाउ नहुँदा दैनिक उपभोग्य सामग्री पाइन छोडेको छ । सदरमुकाम मार्तडी पुग्ने मुख्य सडक बन्द हुँदा बिरामी र सेवाग्राही हैरान भएका छन् ।

यो सडक खण्डको अनाई खोलामा पक्की पुलको जगका लागि निर्माण कम्पनी आईएस पावर अफ् जोइन्ट भेन्चरले खाल्डो खनेको थियो । जग खनिसकेपछि सडक भत्किँदा बाटो बन्द भएको हो ।

पुलको जग खन्दा भत्किएको सडक बनाउन कतैबाट पहल भएको छैन । पूर्वाधार विकास कार्यालय साँफेबगरका प्रमुख रुद्र बोगटीले वैकल्पिक सडक खन्नलाई स्थानीयवासीले जग्गा नदिएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल पनि स्थानीयवासीले वैकल्पिक सडक खोल्न जग्गाको क्षतिपूर्ति मागिरहेका र क्षतिपूर्ति व्यवस्था नहुँदा समस्या भइरहेको बताउनुहुन्छ ।

सडक बन्द भएसँगै बाजुरामा खाद्यान्नको अभाव हुने भएको छ । मार्तडीमा रहेको खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेडमा अहिले एक सय ७० क्विन्टल चामल मौज्दात छ । यो चामल कैदी र विपतका लागि अनिवार्य राख्नुपर्ने कम्पनीका प्रमुख उमेश भण्डारीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

निमेन्द्र शाही

बाजुराका पत्रकार निमेन्द्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया